अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाकाे आज पुनः म्याद थप गरिने

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाकाे आज पुनः म्याद थप गरिने


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट पुनः आज अनुमति लिइनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन हिजो बुझाएको छ ।  प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा हिजो प्रतिवेदन पेस गरेको हो । 

उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले बिहीबारसम्म जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी गरेको छ । 

यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको सुझाव दिएको छ । संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।