अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 नेपालकै महँगो चलचित्र  ‘डाकिनी’  

 नेपालकै महँगो चलचित्र  ‘डाकिनी’  


काठमाडौँ-नेपाली चलचित्र ‘डाकिनी’ नेपालमा बनेको सबैभन्दा महँगो चलचित्र भएको छ । 

साढे नौ करोडमा बनेको यो चलचित्र हालसम्म बनेका नेपाली चलचित्र भन्दा महँगो हो । 

खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेको ‘डाकिनी’ क्राउड फण्डिङबाट लगानी जुटाएर बनाइएको हो । चीनमा ओपन गरिएको क्राउड फण्डमा एक घण्टामा साढे नौ करोड जम्मा भएको बताइएको छ । 

तर यो नेपाली लगानीकर्ताले आफैँ पैसा हालेर निर्माण गरिएको सिनेमा होइन । यसका निर्माता म्याक्स (दिपेश खत्री) हुन् । 

प्रायः नेपालका चलचित्रको बजेट दुईदेखि तीन करोड रुपैयाँ हुने गरेको छ ।