अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न प्रधानमन्त्रीलाई एमाले महासचिव पोखरेलको सुझाव

मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न प्रधानमन्त्रीलाई एमाले महासचिव पोखरेलको सुझाव


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाउनु भएको छ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

महासचिव पोखरेलले जहाँ गए पनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो ‘आज प्रधानमन्त्रीजीले तपाईहहरुबीच धेरै कुराको प्रतिवद्धता व्यक्त गर्नु भएको छ। म तपाईंहरुबीचमा भन्न चाहन्छु– सरकारका तर्फबाट सामूदायिक वनको क्षेत्रमा अगाडि बढाउन खोजेका रचनात्मक क्रियाकलापमा प्रमुख प्रतिपक्ष दलको तर्फबाट पूर्ण रुपमा साथ रहेनछ भन्ने कुराको बचनवद्धता र विश्वास दिलाउन चाहन्छु। ‘तर यस्तो नभइदियोस्–प्राय हामी सुन्ने गछौँ, जहाँ गयो, मिठा कुरा गर्‍यो। फर्केपछि बिर्सियो। त्यो अवस्था निश्चिय पनि हुने छैन भन्ने म ठान्दछु। आज जे प्रतिवद्धता जाहेर गरिएको छ। त्यसमा सरकार प्रतिवद्ध रहने ठानेको छु।’

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिबीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो।