काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजियो भने त्यो सह्य नहुने बताउनु भएको छ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रले आज काठमाडौंमा आयोजना गरेको जनसंगठन पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको कुनै संलग्नता छैन । यदि कसैले जबरजस्ती मुछ्न खोजे एमालेले सहदैन। चुप लागेर बस्दैन।’
‘यदि कसैले एमालेभित्र रहेर पनि आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर भएर अघि बढ्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन। मान्छेको नैतिकता समाप्त भएपछि पार्ने कुरा हो। भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ। आत्मा मरेको हुन्छ आत्मा मरेका हुन्छ। एमाले आत्मा मरेका बेइमानहरूको पार्टी होइन।’
अध्यक्ष ओली भन्नुहुन्छ, ‘एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोजिन्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन।’
भ्रष्टाचारको आरोप लाग्दैमा कसैलाई अपराधी करार गर्न नमिल्ने बताउनु भयो । उहाँले नेपालको छानविन देखेको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्न आफूहरु लागेको बताउनु भयो।




प्रतिक्रिया