अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने

भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने


काठमाडौँ – भोलि (बुधबार) संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने भएको छ। अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक कक्षमा संयुक्त बैठक बस्न लागेको हो। 

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनु भयो।

गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । 

संयुक्त समितिहरु संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गरी दुई समिति सञ्चालनका लागि पनि छुट्टै नियमावली आवश्यक पर्ने हुन्छ। 

Skip This