अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ।

युवराज पौडेल ‘सफल’ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो। लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले आज (बुधबार) दर्ता गरेको हो। रिट निवेदनको पेसी जेठ १७ गतडे तोकिएको छ।

अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो।
रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो। वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो।

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको छ । उक्त रिटमा जेठ १७ गतेलाई पेसी तोकिएको छ।