अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्छ: कामु प्रधानन्यायाधीश कार्की

तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्छ: कामु प्रधानन्यायाधीश कार्की


काठमाडौं-कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताउनुभएको छ। ‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ पुस्तकको आज सार्वजनिक गर्दै उहाँले तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने बताउनुभयो। पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको उल्लेख गर्दै उहाँले सबैलाई उपयोगी हुने उक्त पुस्तक पढ्न आग्रहसमेत गर्नुभयो। 

“पूर्वीय दर्शनबारे हामीलाई नै थाहा छैन, पश्चिमाले पूर्वीय दर्शनकै विषयमा लेखेका पुस्तक किन्छौँ”, कामु प्रन्या कार्कीले भन्नुभयो, “न्यायको पूर्वीय दर्शनको हामीले नै सोध गर्नु जरुरी छ।” 

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले तर्क र प्रमाणबाट न्याय कसरी दिलाउन सकिन्छ भनेर पुस्तकमा स्पष्ट लेखिएको बताउनुभयो। उहाँले पूर्वीय दशर्नमा न्याय भनेको अनुभूति भएको बताउनुभयो।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा युवराज सङ्ग्रौलाले समाज र न्यायको उत्थान गर्ने हो भने अनुसन्धान गर्नुपर्ने र पश्चिमी प्रयोग छाड्पर्ने बताउनुभयो। वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद मैनालीले न्याय दर्शनको विषयमा लेखिएको पुस्तक अत्यन्तै कम भएको र यो पुस्तक न्याय क्षेत्रकै लागि उपयोगी भएको बताउनुभयो। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक न्यायको विकास कसरी सुरुआत भयो भन्ने कुरा उल्लेख भएको र दशर्नमा आधारित पुस्तक भएकाले महत्वपूर्ण रहेको बताउनुभयो।  

पुस्तकका लेखक अधिवक्ता रवीन्द्र भट्टराईले पुस्तक बुद्ध दर्शनबाट प्रभावित भएर लेखिएको र सबैले पढ्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो। पुस्तकमा पौरस्त्य न्याय प्रणालीलाई एउटा मौलिक प्रणालीका रूपमा शोधमूलक गर्ने  प्रयास भएको जनाइएको छ।  रासस