अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पाँच प्रदेशमा वर्षाको सम्भावना 

आज पाँच प्रदेशमा वर्षाको सम्भावना 


काठमाडौँ–हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ ।  जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि  सामान्य  बदली  रहनेछ । कोसी  प्रदेश,  मधेस  प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको  सम्भावना रहेको छ ।