सुर्खेत–रुकुम पश्चिममा जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा आज बिहान जिप दुर्घटना भएको हो ।
जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त जिपमा १० जनाभन्दा बढी मानिस सवार रहेका थिए ।
दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । रुकुम प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया