अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शरणार्थी प्रकरणमा एमालेमाथि राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भयो: युवा संघ

शरणार्थी प्रकरणमा एमालेमाथि राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भयो: युवा संघ


काठमाडौं‍-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरूमाथि प्रतिशोध साँध्न खोजेको आरोप आरोप लगाएको छ।

आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रंग नदिन माग गरेको छ।

सो प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै युवा संघको केन्द्रीय कमिटीले बुझाएको ज्ञापनपत्रका एमाले नेता र अख्तियारका प्रमुख आयुक्तमाथि प्रतिशोध साँध्न खोजेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अभियुक्तहरूले प्रहरी हिरासतमा दिएको बयानलाई नै प्रभावित हुनेगरी कतिपय उच्च प्रहरी अधिकारी र प्रशासनिक असिधिकारहीको समेत योजनामा कतिपय अभियुक्तहरूको थप बयान लिएर नेकपा एमालेका नेताहरू, अख्तियारका प्रमुख आयुक्त समेतलाई आरोप लगाउनले बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारबाही गर्ने राजनीतिक प्रतिशोध लिने तहसम्मको षड्यन्त्र भएको महसुस भएको छ।’

अनुसन्धानको क्रममा घटनाको प्रारम्भ प्रतिवेदन परिवर्तन गर्ने क्रममा संलग्न र मानव तस्करीमा संलग्न व्यक्तिहरूभन्दा पनि राजनीतिक उद्देश्यले अनुसन्धानलाई तोडमोड गर्ने गराउने कार्य भएको कुरा अभियोग पत्र अध्ययन गर्दा स्पष्ट भएको गृहमन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख छ।

अनुसन्धानको प्रत्येक विवरण मिडियामार्फत् सार्वजनिक गर्ने कार्यबाट र व्यक्तिगत तथा राजनीतिक स्वार्थका आधारमा अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको युवा संघले जनाएको छ।

हेर्नुस् युवा संघको विज्ञप्ति