काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले साझा सहमतिबाट कोशी प्रदेशको नामकरण गरिएको बताएको छ।
नेपाली कांग्रेस कोशी प्रदेशले बिहीबार एक विज्ञप्ति निकाल्दै आन्दोलनरत सबैलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी मागहरू राख्न आग्रह गरेको छ।
प्रदेश सभापति उद्धव थापाले जारी गरेको विज्ञप्तिमा अन्य ६ वटा प्रदेशको नामाकरण भइसकेको अवस्थामा राख्नैपर्ने भएर कोशी नामकरण गरिएको बताइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालिन प्रदेश-१ ले नाम राख्न सकिरहेको थिएन। नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो।’

प्रतिक्रिया