अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै, पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने  

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै, पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने  


काठमाडौँ-नेकपा एमालेले आजदेखि स्थानीय तहका  जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिन लागेको छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पाटीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अनुशिक्षण दिन लागेको हो ।

अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । एमालेले आज र भोलि सञ्चालन हुने अनुशिक्षणमा पार्टीका नेताहरू र  विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिन लागेको हो । 

पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा हुने अनुशिक्षणमा स्थानीय तहमा बजेट निर्माणलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ । 

अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नुहुने छ भने समापनमा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्नुहुने छ ।