अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी साँसदको भनाइमा आपत्ती जनाउदै एमालेले गर्यो संसद अवरोध

माओवादी साँसदको भनाइमा आपत्ती जनाउदै एमालेले गर्यो संसद अवरोध


काठमाडौं- माओवादी साँसदको भनाइम आपत्री जनाउदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको छ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाएको भनेको विषयमा एमालेले अवरोध गरेको हो ।
‘एमाले नेतृत्वको सरकारले पशुपतिनाथमा सुनको साटो पित्तल लगाएको भने आरोप लगाइएको छ । यो आरोप कसरी आएको छ । प्रमाण तथ्यबेगर स्वीकार्य हुँदैन । यदि पशुपतिनाथको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले जवाफ दिनुपर्छ । जवाफ नआएसम्म सदन अगाडि बढ्न सक्ने छैन । माफि माग्नुपर्छ र रेकर्डबाट हटाउनु पर्छ,’ एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा भन्नुभएको छ ।