अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्काउटका संयोजक भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड

स्काउटका संयोजक भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड


काठमाडौं- नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई मलेशियन स्काउट महासंघ पीपीएम ले इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मानित गरेको छ ।
बीपी हाउस क्वालालम्पुरमा आयोजित समारोहमा स्काउटिंग अभियानमा उल्लेखनीय योगदान पुर्‍याउने बिभिन्न पाँच व्यक्तिहरूलाई यस सम्मानबाट बिभूषित गरीएको हो ।
पीपीएमका कार्यवाहक प्रमुख स्काउट मेजर जेनरल प्रा. दातो, डा. मोहम्मद जिन बिन बिदिनले बिभूषण प्रदान गरेका हुन्।
भण्डारी यो विशिष्ठ अवार्डबाट सम्मानित हुने पहिलो नेपाली हुन् ।
विगत लामो समयदेखी भण्डारीले नेपाल स्काउट तथा विश्वस्काउटको क्षेत्रमा गरेको योगदानको कदर गर्दै मलेसिया स्काउटले यो सम्मान प्रदान गरेको हो ।
नेपाल स्काउटको संघीय ढाँचा अनुरूपको पुनर्संरचना, श्रोतको वृद्धि र अन्तराष्ट्रीय सम्बन्धको सुधार लगायतका कार्यहरु भण्डारीको कार्यकालमा भएका छन् ।