अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो


काठमाडौंं-नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत जेठ १० गते प्रतिनिधिसभा बैठकमा बोलेका शब्दहरू संसदको रेकर्डबाट हटाइएको छ। 

शनिबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दाहालले संसदमा प्रस्तुत गरेको ‘स्वास्थ्य सामाग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा माननीय सदस्य लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारहरुभित्र स्वास्थ्य सामाग्रीको २ अरबको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु।’

सिन्धुलीका सांसद दाहालले पशुपतिनाथको जलहरी लगाउँदा तत्त्कालिन सरकारले ‘पित्तल’ लगाएको आरोप लगाएका थिए। उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै शुक्रबारको संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको थियो। 

Skip This