अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलहरी प्रकरण निराधार भन्दै युवा संघको प्रदर्शन

जलहरी प्रकरण निराधार भन्दै युवा संघको प्रदर्शन


काठमाडौँ-नेकपा एमाले निकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ।

शनिवार काठमाडौंको बानेश्वर चोकमा युवा संघ नेपालले विरोध गरेको हो। प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिनु भएको थियो ।

सोही विषयलाई लिएर युवा संघले विरोध जुलुस निकालेको हो। प्रतिनिधिसभाको जेठ ११ गतेको बैठकमा नेकपा एमालेले विरोध जनाएको थियो।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद दाहालको उक्त भनाइ संसद्को रेकर्डबाट हटाइएको छ।