अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ समितिमा कुन दलका को-को छन् सदस्य ?

संसदीय सुनुवाइ समितिमा कुन दलका को-को छन् सदस्य ?


काठमाडौँ-संसदीय सुनुवाइ समितिको प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम अनुमोदन भएको छ। जसमा नेपाली कांग्रेस र नेकपा एमालेका ४-४ जना सदस्य रहेका छन् भने माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपाका १-१ रहेका छन् । प्रतिनिधिसभाको नाम अनुमोदनसँगै समितिले पूर्णता पाएको छ।

राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका नाम सभाले अनुमाेदन गरेकाे हाे ।  

१५ सदस्यीय समितिमा नेपाली कांग्रेसका रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ। त्यसैगरी नेकपा एमाले पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका प्रकाश अधिकारी रहेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त नाम प्रस्ताव गरेसँगै सभाले अनुमोदन गर्नुभएको हो ।

सो समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनित भइसक्नुभएको छ।