अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई  ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।

प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभ¥याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिनुभएको हो । निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सवस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उहाँले जानकारी लिनुभएको थियो।

गत फागुन अन्तिम साता पनि अनुगमन भ्रमणमा जानुभएका उहाँले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिनुभएको हो । त्यतिबेला ठेकेदार कम्पनीले आगामी असारभित्र सवस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएकाले कार्यकारी निर्देशक  घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने बताउनुभयो।

उहाँले तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर्न र यदि त्यसो गर्न नसके ठेक्का रद्द गरेर जान आग्रह गर्नुभयो । चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी रहेको काम गर्न बोलपत्रमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५ मा सम्झौता गरेको थियो । यही प्याकेजमा  सुनसरीको इनरुवामा पनि २२० केभीको सवस्टेसनको निर्माण पनि कोभिड–१९को महामारीलगायत कारणले असर परेकाले आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

Skip This