अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलीब्रिज नबन्दा दशैंमा घर फर्किने यात्रुलाई तुइन र जिपलाइनको सहारा

बेलीब्रिज नबन्दा दशैंमा घर फर्किने यात्रुलाई तुइन र जिपलाइनको सहारा

तस्वीरहरु


नुवाकोट-दशैं मनाउन घर फर्किने यात्रुहरू नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म तुइन र जिपलाइनको सहारा लिएर यात्रा गर्न बाध्य भएका छन्। समयमै बेलीब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको हो।

निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याउने भनिएको बेलीब्रिज समयमै तयार नहुँदा दशैंका लागि घर फर्किने यात्रुहरूलाई आवतजावतमा सास्ती भएको छ। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेलीब्रिजको उद्घाटन भने भोलि हुने भएको छ।

चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढिरहेका बेला पुल समयमै सञ्चालनमा आउन नसक्दा स्थानीय बासिन्दा तथा यात्रुहरूले वैकल्पिक माध्यमबाट यात्रा गर्नुपरेको छ।