अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौँ-हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।