अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलंकीमा ट्रकले ठक्कर दिएको सन्तुमायाको मृत्यु

कलंकीमा ट्रकले ठक्कर दिएको सन्तुमायाको मृत्यु


काठमाडौं-कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२-००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनुभएको छ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।