अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइः गगन थापा

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइः गगन थापा


काठमाडौं-नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताउनुभएको छ।

सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताउनु भयो। उहाँले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनको बन्दोबस्त गरुे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताउनु भयो।

उहाँले सरकारलाई मन लाग्यो, सरकारले निर्णय ग¥यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताउनु भयो । उहाँले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताउनु भयो।

उहाँले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानूनलाई मिच्न नहुने बताउनु भयो। उहाँले राष्ट्रहीत विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताउनु भयो। महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताउनु भयो।

Skip This