अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी कार्यलयमा आगामी साउन देखि तेलको ‘कुपन’बन्द

सरकारी कार्यलयमा आगामी साउन देखि तेलको ‘कुपन’बन्द


काठमाडौं -अर्थमन्त्री डा.प्रकाशरण महतले कर्मचारी र जनप्रतिनिधीको इन्धन सुविधाको कटौती गर्ने घोषणा गरेसँगै सरकारी कार्यलयबाट वितरण गरिने कुपन बन्द गर्ने तयारी गरेको छ ।
कुपन मार्फत जथाभावी इन्धन वितरण गरेर कार्यलयहरुको इन्धन खर्च अत्याधिक बढेपछि सरकारले यो निर्णय गरेको हो ।
आगामी आर्थिक वर्षको साउन महिना देखि संघीय,प्रादेशिक र स्थानीय तहहरुमा कुपन बन्द गरेर सम्बन्धित व्यक्तिलाई एकमुष्ठ नगदै दिने तयारी गरिएको छ । हाल गाडी सुविधा पाउने जनप्रतििनधी तथा कर्मचारीहरुले आफूले पाउने सुविधा भन्दा तीन दोब्बर भन्दा बढी इन्धन खर्च गर्ने गरेका छन् ।