अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीनजना घाइते

दाङमा मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीनजना घाइते


दाङ-दाङमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा अटो चालक घोराही उपमहानगरपालिका-५ बस्ने किरण रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका रोकाको स्वास्थ्य चौकी सिसहनियामा उपचारका क्रममा दिउँसो करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै घाइते हुनेहरूमा अटोमा सवार घोराही १८ मसिना बस्ने ५२ वर्षीया डिलसरा बादी,  मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ वसन्तपुर बस्ने ३३ वर्षीय दोर्णबहादुर चौधरी र  मोटरसाइकलमा सवार सोही ठाउँका ३० वर्षीय सुन्दरप्रसाद चौधरी रहेको जिप्रका दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार घाइते दुबैजना चौधरीलाई थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको छ भने घाइते बादीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ।

आइतबार दिउँसो करिब साढे १ बजेतिर राप्ती गाउँपालिका-४ श्रीनारायण चोकस्थित पूर्वपश्चिम राजमार्ग घोराहीबाट भालुबाङतर्फ जाँदै गरेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो आपसमा ठोक्किएका थिए।