अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत


काठमाडौँ-साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनारको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो। उनको नैतिक आचरण र जर्मनीबाट डिपोर्ट गरिएको विषयलगायत विभिन्न प्रश्न उठेपछि समितिमा छलफल भएको थियो।

सुनुवाइका क्रममा उनीमाथि उठेका विभिन्न विषय र आरोपबारे समितिमा प्रश्न गरिएको थियो। ती विषयमा छलफल गरेपछि समितिले उनको नाम अनुमोदन गर्न अस्वीकार गरेको हो।

समितिका सभापति बोधनारायण श्रेष्ठले बैठकमा सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका थिए।

यस निर्णयसँगै साउदी अरबका लागि नेपाली राजदूत नियुक्त गर्ने प्रक्रिया प्रभावित भएको छ।