अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१४ जना प्रहरी जवान सहायक हवलदारमा बढुवा सिफारिस

१४ जना प्रहरी जवान सहायक हवलदारमा बढुवा सिफारिस


काठमाडौँ-नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि/कम्प्युटरतर्फ)का १४ जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको असोज २८ गते बसेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यताक्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ।