अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै


काठमाडौं-सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ।

रोजगारीमा जान लागेका व्यक्तिलाई प्रवेशाज्ञाको अवधिका आधारमा श्रम स्वीकृत दिन उपयुक्त हुने अध्ययनले देखाएको जानकारी पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। 

श्रममन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको पनि बताउनु भयो ।

उहाँले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘श्रम क्षेत्रको सुधारका लागि गरेको प्रतिबद्धताप्रति मन्त्रालय सजग छ, उठेका विषय सम्बोधन गर्न र लक्षित नतिजा हासिल गर्न हामी प्रयत्नशील छौँ। सेवा शुल्कबारे उठेका प्रश्न कार्यदलमार्फत सम्बोधन गरिनेछ।’