अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस 


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला अदालतमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि हुने भएको हो । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिल कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । 

थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने बताइएको छ ।