अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ: प्रधानमन्त्री प्रचण्ड

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालय सभाको ९७औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानुपर्दछ।”
उहाँले काठमाडौँ विश्वविद्यालयले स्वदेशमै रोजगारी सिर्जना गर्न खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । “आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौँ । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषय पछि परे।”

प्रधानमन्त्रीले जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने काम भएको उल्लेख गर्नुभयो। त्यस्तो अवस्थामा अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण बन्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “विभिन्न देशको अनुभव हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।”

सो अवसरमा काठमाडौँ विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको शैक्षिक कार्यक्रम र आगामी कार्यभारका विषयमा प्रस्तुति दिनुभएको छ।

Skip This