अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


भरतपुर-चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो।

गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर-५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो ।

भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिनुभयो । मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

Skip This