अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौं: राजेन्द्र पाण्डे

सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौं: राजेन्द्र पाण्डे


काठमाडौं-नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नदिने बताउनु भएको छ।

आज काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले अहिलेको बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा  पास हुन नदिने स्पष्ट पार्नुभयो ।

नेता पाण्डेले ११० करोड डडेल्धुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिनु भयो । उहाँले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने बताउनु भयो।

यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । आजको जनता २०४८ सालको जनता होइन । अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन ।’ 

उपाध्यक्ष पाण्डेले अरु पार्टीहरूको इसारामा चल्दा पार्टी निर्माण गर्न नसकिने बताउनु भयो ।