काठमाडौं-दशैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत यात्रुले बम्पर पुरस्कारमा ५ लाख ७१ हजार रुपैयाँ मूल्यको पुजो ज्याङ्गो १२५ स्कुटर जित्ने अवसर पाउनेछन्। अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालित अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ।
असोज २३ गतेदेखि सुरु भएको यो अभियान कात्तिक ३० गतेसम्म ३९ दिन सञ्चालन हुनेछ। चाडपर्वको खुसी, पारिवारिक भेटघाट र यात्राको उत्साहलाई पुरस्कारसँग जोड्दै यात्रुहरूलाई थप खुसी प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको यती एअरलाइन्सले जनाएको छ।
अभियानको मुख्य आकर्षण बम्पर पुरस्कारमा राखिएको पुजो ज्याङ्गो १२५ स्कुटर हो। यसका साथै, साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसरले यात्रुलाई थप उत्साहित बनाउने कम्पनीको अपेक्षा छ।
यात्रु स्वतः लक्की ड्रमा सहभागी हुने
अभियान अवधिमा यती एअरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रुहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन। तर, रद्द गरिएका, रिफन्ड भएका वा प्रयोग नगरिएका टिकटहरू लक्की ड्रमा समावेश हुने छैनन्।
कम्पनीका अनुसार अभियानका विजेताहरूको घोषणा आगामी डिसेम्बर १, २०२६ मा यती एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी गरिनेछ।
चाडपर्वको यात्रालाई थप रमाइलो र स्मरणीय बनाउने लक्ष्यसहित ल्याइएको यस अभियानले हवाई यात्रासँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। अभियानमार्फत यात्रुले माउन्टेन फ्लाइटको अनुभव प्राप्त गर्ने तथा बम्पर पुरस्कारमा स्कुटर जित्ने अवसर पाउनेछन्।



प्रतिक्रिया