अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली कांग्रेस कमल गापाका सभापति न्यौपानेद्वारा पार्टी परित्याग

नेपाली कांग्रेस कमल गापाका सभापति न्यौपानेद्वारा पार्टी परित्याग


झापा-झापाको कमल गाउँपालिकाको नेपाली कांग्रेस गाउँपालिकाका सभापति बुद्धिराज न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ। सभापति न्यौपानेले एक विज्ञप्ति जारी गर्दै सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताउनु भएको हो।

विद्यार्थीबाट राजनीति शुरु गरी लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेको जनाउँदै न्यौपानेले आफू पार्टीप्रति सदैव सच्चा, इमानदार कार्यकर्ता रहेको तर पछिल्लो समय पार्टी आदर्श, सिद्धान्त र योजना अनुसार नचलेको आफूले पार्टी सभापतिका साथै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताउनु भयो।

‘पार्टीका हरेक निकाय र तहमा मैले न्याय, समानता सम्मानपूर्वक भूमिका निर्वाहा गर्दा समेत अबमूल्यन गर्ने गरेको, पार्टी नेतृत्वमा नातावाद, कृपावाद र चाकडीवाज विचौलियालाई विश्वास गर्नेहरुको बाहुल्यता रहेको, इमानदार कार्यकर्ताले कुनै न कुनै बहानामा अवसर नपाउने गरेको, पार्टीको सिद्धान्त, नीति, आदर्श र विधानविपरितका कार्य हुँदा समेत नेतृत्व वर्ग टुलुटुलु हेरेर बस्ने गरेको, अकुत पैसा खर्च गर्न सक्ने नवधनाढ्य र विचौलियाले मात्र अवसर पाउने प्रथा हुर्कंदै गएको छ, यस्तो अवस्थामा म जस्तो इमानदार र क्रियाशील कार्यकर्ताले नेतृत्वबाट अवमूल्यन हुने गरेको महसूस गरेको छु’, न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेकाछन्– ‘मेरो आत्मालाई साक्षी राख्दै नेपाली कांग्रेसको साधारण सदस्यसहित सबै पद र जिम्मेवारीबाट आजका दिनदेखि अलग भई स्वतन्त्र नेपाली नागरिक भएर बाँकी जीवन नेपाली जनताकै लागि समर्पित गर्ने जानकारी गराउँदछु।’