काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती राजदूत निकोला पोलिटले बिदाइ भेट गर्नु भएको छ।
शुक्रवार राष्ट्रपति कार्यालयमा पौडेलसँग पोलिटले बिदाइ भेट गर्नुभएको हो। सो अवसरमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यो क्रममा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया