काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गर्नु भएको छ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै एमाले अध्यक्ष ओली समाज परिवर्तनलाई यथास्थितिमा रोक्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाज परिवर्तन निरन्तर प्रक्रिया हो ।’
समाजलाई अगाडि बढाउने कुरा मात्र सम्भव हुने ओलीले बताउनुभयो। समाजलाई अघि बढाउँदा कहिलेकाहीँ धक्का लाग्ने भए पनि समाज अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘समाजलाई पछाडि फर्काउन सम्भव नै छैन, यथास्थितिमा राख्न पनि सम्भव छैन।’

अहिले केही युवा बहकिएका र केहीलाई बहकाइएको ओलीले बताउनुभयो। अहिलेको परिवर्तनीय त्यसै आयो कि भन्ने उनीहरूलाई लागेको ओलीको भनाइ छ।
अध्यक्ष ओलीले बलिदानपूर्ण संघर्षबाट मात्र आजको स्थिति आएको र त्यो कुरा उनीहरूले बुझ्न बाँकी रहेको बताउनुभयो। आजका केही उत्ताउलाले पुरानाले केही गरेनन् भन्ने आरोप लगाउने गरेको ओलीको भनाइ छ।
अहिले अवस्था राम्रो छैन, देशलाई नै ग्रहण लागेजस्तो भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले अहिले देश अघि बढ्ला भनेको पछाडि परेको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले त अवस्था राम्रो छैन, देशलाई नै ग्रहण लागेको जस्तो भएको छ।’

प्रधानमन्त्री प्रचण्डले भारतबाट आउँदा १५ वटा राँगा मात्रै लिएर आउनुभएको ओलीले बताउनुभयो। त्यही पनि राँगा लिएर आउने भनेर जिस्क्याए भने यो त केपी ओलीकै पालादेखि चलेको रहेछ भनेर जवाफ दिएको भन्दै ओलीले व्यङ्ग्य गर्नुभयो । ‘उहाँहरूले त कुनै कुरै चलाउन सक्नु हुन्न’, ओलीले भन्नुभयो ।
प्रचण्डले भारत भ्रमणमा जाँदा नेपालका दुईवटा नदी कौडीको भाउमा किस्तीमा राखेर बुझाएर आएको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका दशा बिग्रिएकै हो, नेपालमा दुर्दिन छाएकै हो, नेपालको भूमिका ग्रहण लागेकै हो।’





प्रतिक्रिया