अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीरफूलको व्यापार उत्साह जनक

नीरफूलको व्यापार उत्साह जनक


काठमाडौँ-शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनीत चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यवसायले राम्रो पिकअप लिएको छ ।

फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गरेका हुन् । यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

प्रदर्शनीको दोस्रो दिन शनिबार यो चलचित्रले मुलुकभर राम्रो शो पाएको छ । थुप्रेरै हलमा आफ्नो सिनेमाले हाउसफुल व्यापार गरेको पनि निर्देशक फुलमानको कथन छ ।

‘आज शनिबार हाम्रो चलचित्रमा राजधानी र मोफसलका मल्टी कम्प्लेक्समा ८७ वटा शो पाएको छ । काठमाडौँका थुप्रै हलमा शनिबार बिहान हामी पुग्दा दर्शकको उपस्थिति उत्साहजनक थियो । उहाँहरुले सिनेमा हेरेपछि हामीलाई निकै राम्रो प्रतिक्रिया दिनुभयो’ चलचित्र नीरफूलका निर्देशक फुलमान बलले सञ्चारकर्मीसँग भने,‘तामाङ समुदायको संस्कृति र मौलिक कथावस्तुसँगे चलचित्रमा मुलुकका कैयौं विकृति विसङ्गति र राष्ट्रिय समस्यालाई निकै राम्रोसँग उठाउनु भएको भन्ने प्रतिक्रिया हामीले दर्शकबाट पाएको छौं ।

गणेश हिमालको फेदीमा रहेको रुबी भ्याली र सो आसपासको सुन्दरतालाई चलचित्र नीरफूलमा निकै लोभलाग्दोसँग समेटिएको छ । यो चलचित्रमा प्रस्तुत लोकेशन अत्यन्त सुन्दर भएको पनि दर्शकहरुले बताएका छन् । चलचित्र नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको पनि दर्शकको प्रतिक्रिया छ ।

अभिनेता दयाहाङले पनि यो चलचित्रको स्क्रिप्ट निकै राम्रो भएको बताएका छन् । सिनेमाको, छायाँकन र कलाकारको अभिनय पनि राम्रो भएको प्रतिक्रिया आफुले पाएको पनि अभिनेता दयाहाङले बताएका छन् । आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने पनि अभिनेता दयाहाङ राईले बताएका छन् ।

यो चलचित्रलाई फुलमानसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन् । फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् । यो चलचित्रलाई काफिया फिल्मस्बाट गोविन्द शाहीले वितरण गर्दैछन् ।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमाका गीतमा राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलको स्वर रहेको छ ।  

Skip This