अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 भारतका अभिनेता मंगल ढिल्लोंको निधन

 भारतका अभिनेता मंगल ढिल्लोंको निधन


काठमाडौँ-फिल्म र टिभी शृङ्खलाका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । ‘खून भरी मांग’, ‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गर्ने मंगल ढिल्लोंलाई हालै लुधियानाको एक क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अस्पतालमा नै निधन भएको हो । मंगल ढिल्लोंको पैतृक गाउँ फरिदकोटमा पारिवारिक स्रोतले यसको पुष्टि गरेको छ । अभिनेता यशपाल शर्माले पनि एक फेसबुक पोस्टमार्फत उनको निधनको खबर पुष्टि गरेका छन् ।

शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंहले मंगलको निधनमा दुःख व्यक्त गरेका छन् ।-एजेन्सी 

Skip This