काठमाडौं-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ।
स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गर्नुभएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो।
उहाँका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली जानुभएको हो। उहाँ उपचार सकेर एकसातापछि स्वदेश फर्कनुहुनेछ।






प्रतिक्रिया