काठमाडौँ-राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिनु भएको छ। राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेर गएको भन्दै उहाँले यथास्थितिबाटै मुलुक अघि बढिरहने हो भने दुर्घटना अवश्यम्भावी भएको जिकिर गर्नुभयो ।
सोमबार काठमाडौँका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको बताउनु भयो। उहाँले मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा आलोचना गर्नुभयो । सस्तो लोकप्रियता र तालीको लागि भन्दा मुलुकको समस्याको दिगो समाधान तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो ।






प्रतिक्रिया