इटहरी- यही जेठ २६ र २७ गते पाँचथरमा फालेलुङ गाउँपालिकाको सान,साहित्य कला र संस्कृतिको सम्मान मूल नाराका साथ वृहत् सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
वाङ्मय प्रतिष्ठान फालेल्ङका अध्यक्ष तथा अग्रज स्रष्टा सुरेन शिशिर केरुङको अध्यक्षातामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध साहित्यकार भूपाल राईले हर क्षेत्रमा जस्तै भाषा, कला,साहित्य र संगीत लगायत बाङ्मय जस्ता विशिष्ट क्षेत्रमा विधागत योग्यताका आधारमा समावेशी चरित्र र चिन्तन अपरिहार्य रहेको बताउँदै कार्यक्रमको सह्राहना गर्नुभएको थियो । प्रेमवादी सामुदायिक भवन,वार्ड नं.३,नाम्लुवा भञ्ज्याङमा आयाजित कार्यक्रममा प्रसिद्ध स्रष्टा तथा माक्र्सवादी प्रगतिवादी अग्रज सूटा श्रीप्रसाद जबेगुलाई अभिनन्दन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न विधा,विषय,क्षेत्र तथा तह र तप्काका दर्जनौँ प्रतिभालाई सम्मान गरिएको थियो । कला साहित्यमा मौलिक स्वाद शीर्षकमा अन्तरसंवाद कार्यक्रममा विशिष्ट वक्ताका रुपमा रहेका प्रा.डा. बदीविशाल पोखरेलले भाषा, कला साहित्यका क्षेत्रमा नवीन बहस हुनु नजाती होइन तर यस क्षेत्रमा पनि विभिन्न खाले अतिवाद नेपाल नेपालीको हितमा कदापि नरहेको बताउनुभयो । यस कार्यक्रमका सहजकर्ता वरिष्ठ सर्जक मुनराज शेर्पा,वरिष्ठ स्रष्टा प्रकाश थाम्सुहाङ हुनुहुन्थ्यो । फालेलुङको मौलिकता कार्यपत्र दिल बिक्रम आङदेम्बे वाचन गर्नु भएको थियो । मुन्धुम मन्थन,विमर्शमा मुन्धुमधुमविद् डी.बी.आङबुहाङ, अर्जुन बाबु माबुहाङ, वक्ता तथा सहजकर्ता लक्ष्मण लावती हुनुहुन्थ्यो ।
लोकसाहित्य र संस्कृति विषयक विमर्श कार्यक्रममा बारेमा अग्रज सर्जक तथा उपप्राध्यापक मधुराज केरुङले कार्यक्रमको औचित्य र महत्वबारेमा प्रकाश प्रष्ट पार्नुभयो । उहाँले लोक भनेको बहुजातीय बहुसांस्कृतिक बहुभाषिक हुन्छ तसर्थ यसलाई समष्टिमा बुझ्ने चेत पलायो भने मात्र यो मूल्यवान् बृहत्तर सम्पदाको संरक्षण हुनसक्ने उल्लेख गर्नुभयो । नारी लेखक र सौन्दर्य विषयक विमर्शमा अग्रज स्रष्टा त्रय सुमित्रा बाङदेल चेली , लीला अनमोल र टीका आत्रेय वक्ताका रुपमा हुनुहुन्थ्यो भने सहजकर्तामा वरिष्ठ स्रष्टा मदन मूर्छना हुनुहुन्थ्यो । विचार कि कला ,विमर्श कार्यक्रमा अग्रज सर्जक तथा चिन्तक मुक्तान थेवाले विचार विहीन कलाको कुनै औचित्य र महत्व नरहेको शंखघोष गर्नुभएको थियो । फालेलुङमा पत्रकारिता विषयको प्रस्तुति पत्रकार लक्ष्मी गौतमले गर्नुभयो ।
यसैगरी
शिक्षाको राजनीति विषयक विमर्श समेत रहेको उक्त कार्यक्रममा मातृ भाषाको उपयोगिताबारे भाषाविद्हरु डा. पदम राई, प्राज्ञ हरिश्चन्द्र लावती मातृ भाषाको उपयोगिता विमर्शमा भाषाविद्हरु दिलेन्द्र लावती, प्राज्ञ हरिश्चन्द्र लावती डा. पदम राई, बीरध्वज लावती जुट्नुभएको थियो । फालेलुङमा पर्यटन प्रवर्धन र चौरी महोत्सव विषयको कार्यपत्र नन्द कुमार राईले प्रस्तुत गरेका थियो ।
फालेलुङ गाउँ पालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङ,उपाध्यक्ष महेन्द्र हाङजवेगु,वडा नं. ३ अध्यक्ष शक्ति प्रसाद केरुङ, युगल केरुङ,सुशीला देवान, नरेन्द्रराज केरुङ लगायतले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
गरेका थिए समारोहमा विभिन्न वरिष्ठ सिर्जनशील स्रष्टाहरुले कविता गीत र गजल प्रस्तुत गरिएको कार्यक्रममा स्थानीय फ्युजन डान्स सेन्टरले रोचक प्रस्तुति गरेका थियो । स्थानीय गाउँ पालिकाको आर्थिक सहयोगमा सम्पन्न यस कार्यक्रमले पहिलो समृद्धि मानिसको मन,चेत र चिन्तनमा हँदखा मात्र विकासले सही बाटो लिन्छ भन्ने थियो , । त्यसैले पहिलो समृद्धि कला, सहित्य र संगीतका माध्यमले मात्र हुन्छ । यसले बाहेक अरु कुनै साबुनले मानिसका मनको मैलो धुन सकिँदैन भन्ने होस र चेत कला चेतबिनाका अधिकांश राजनीतिक नेताहरुलाई दिन खोजेको छ र यसले लाखौँ खर्चमा गरिने प्रचारात्मक होइन परिणात्मक कार्यक्रम गर्नुपर्छ भन्ने सुझबुझ काठमाडौँका काँठलाई दिन खोजेको डा. पोखरेलले बताउनुभयो ।






प्रतिक्रिया