अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राज्ञिक थालो गुण्डागर्दी-स्थल बन्नु निन्दनीय: प्रदीप ज्ञवाली

प्राज्ञिक थालो गुण्डागर्दी-स्थल बन्नु निन्दनीय: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि गरिएको दुर्व्यवहार निन्दनीय भएको बताउनु भएको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘पूर्वाञ्चल विवि, सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ। केही वर्ष अघि त्रिविका उपप्राध्यापक प्रेम चलाउने सांघातिक आक्रमणबाट झण्डै मृत्युको मुखमा पुग्नुभयो। प्राध्यापकमाथि आक्रमण भइरहनु, प्रशासन रमिते बन्नु र प्राज्ञिक स्थल गुण्डागर्दी-स्थल बन्नु दुखद छ।’

उपमहासिचव ज्ञवालीले दाहाललाई मात्रै होइन केही वर्ष अगाडि त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई गरिएको दुर्व्यवहार विरुद्ध पनि विरोध गर्नु भएको छ।

दाहाल र चलाउने दुवैलाई सत्ताधारी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता दुर्व्यवहार गरेका हुन् ।

दाहाललाई हिजो कालो मोसो दलिएको थियो भने चलाउनेलाई ज्यान मार्ने नियतले साङ्घातिक हमला गरिएको थियो।