अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौर हत्याकाण्डसम्बन्धी रिटमा सुनुवाइ सुरू

गौर हत्याकाण्डसम्बन्धी रिटमा सुनुवाइ सुरू


काठमाडौँ-गौर हत्याकाण्डसम्बन्धी रिटमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा मंगलबार सुनुवाइ सुरु भएको हो। 

यसअघि जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलास, जेठ २५ गते न्यायाधीश प्रकाशमानसिंह राउत, जेठ २६ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो। त्यसैगरी जेठ २९ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको उक्त रिट बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो। नियमित पेसीमा चढेको उक्त रिटमा मंगलबार भने सुरुवाई सुरु भएको छ। 

२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो ।