अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सुरु

प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सुरु


काठमाडौँ-जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित दायर भएको रिटमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासमा उक्त रिटमाथि सुनुवाइ सुरु भएको हो। 

माओवादी सशस्त्र द्वन्द्वका क्रममा बाल सैनिकको प्रयोग गरिएको भन्दै तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो। 

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए ।