काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई कालो मोसो दलेर दुर्व्यवहार गरेकोमा विरोध जनाउनु भएको छ।
सचिव भट्टराईले दाहालमाथि दुर्व्यवहार गर्नेलाई ‘मण्डलेको नयाँ अवतार’को संज्ञा समेत दिनुभएको छ। उहाँले पूर्वाञ्चल विश्वविध्यालका सेवा आयोगका अध्यक्ष महेशराज दाहाल र भक्तपुर क्याम्पस प्रमुख कविता लुइटेल भट्टराईको कुर्सी र नेमप्लेट रुखमा टांगिएको तस्वीर सामाजिक सञ्जालमा राख्नुहुँदै यस्तो संज्ञा दिनु भएको हो।

सचिव भट्टराईले दुबै कुकर्म नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले गरेको दाबी समेत गर्नुभएको छ।
सचिव भट्टराईले अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण स्वीकार्य नहुने चेतावनी पनि दिनु भएको छ।
उहाँ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगका प्रमुख महेश दाहालमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ। यी दुबै कुकर्म नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नामबाट घटेका हुन्। यस्ता घृणित र निकृष्ट हर्कतको हजारौ शब्दले निन्दा र भर्त्सना गर्दा पनि पुग्दैन। प्राज्ञिक मर्यादा क़ायम राख्न यस्ता अपराधिमाथि सरकारले तत्काल कार्वाही गर्नै पर्छ। अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण स्वीकार्य हुने छैन।’





प्रतिक्रिया