अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माइतीघर मण्डलमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास

माइतीघर मण्डलमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास


काठमाडौं-काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।

नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका एक व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्। तर पूरा विवरण खुलिनसकेका ती व्यक्तिलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ।

जिउमा आगो लगाएर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिए अस्पताल लगेको थियो।