अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्कीविरुद्धका उजुरीकर्तासँग आज छलफल गरिने

कार्कीविरुद्धका उजुरीकर्तासँग आज छलफल गरिने


काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका  उजुरी कर्ताहरूसँग आज छलफल गर्ने भएको छ ।  

प्राप्त उजुरीमध्ये योग्य उजुरीलाई सुनुवाइको समयमा प्रश्नको रूपमा लगिने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

कार्कीविरुद्ध २९ वटा उजुरी परेको र त्यसको छानबिन तथा अनुसन्धान भइरहेको बताइएको छ ।

कार्कीविरुद्ध एक बहालवाला जिल्ला न्यायाधीशले पनि  उजुरी गरेका छन् । बहालवाला न्यायाधीशले प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएको यो पहिलो घटना हो । 

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।