अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद

बरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद


काठमाडौं -प्राध्यकदेखि कलाकारसम्म संगठित हुने गरी सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कानुनी मान्यता प्राप्त गरेको संस्थाको अध्यक्षमा वरिष्ठ लोकगायक बमबहादुर कार्की हुनुहुन्छ ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्को उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र केशरी घर्ती छन् ।

महासचिव बैकुण्ठ महतले कुनै संस्था फुटाएर वा त्यसको विकल्पमा परिषद् स्थापना भएको नभइ अध्ययन र अनुसन्धानका लागि काम गर्न नयाँ संस्था स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले संस्थाको सञ्जाल भने देशैभरी हुने बताउनुभयो । संस्थाको सदस्य हुन निश्चित योग्यताहरू तोकिएको र विभिन्न सांस्कृतिक पक्षमा कलम चलाउनेहरू पनि सदस्य बन्न सक्ने प्रावधान राखिएको जानकारी दिनुभयो ।