अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा महानगरमा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

पोखरा महानगरमा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक


पोखरा-पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र  प्रदर्शनमा रोक लगाएको छ।

महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर धनराज आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिनुभएकाे हाे । 

‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ,’ मेयर आचार्यले सिनेमा हललाई लेखेको पत्रमा भनिएको छ ।

काठमाडौँ महानगरपालिकाका हलहरूमा पनि आजदेखि भारतीय सिनेमा नचलाउन मेयर बालेन साहले निर्देशन दिइसक्नुभएकाे  छ।

Skip This