अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करार कर्मचारी हटाएर करारमै नयाँ भर्नाको तयारीविरुद्ध अर्थ मन्त्रालयमा धर्ना

करार कर्मचारी हटाएर करारमै नयाँ भर्नाको तयारीविरुद्ध अर्थ मन्त्रालयमा धर्ना


काठमाडौं-सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङ प्रणालीमार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका छन्।

सरकारको उक्त तयारीले लामो समयदेखि विभिन्न मन्त्रालय तथा सरकारी निकायमा करार सेवामार्फत कार्यरत हजारौँ कर्मचारीको रोजगारी संकटमा पर्ने भन्दै उनीहरूले निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।

आन्दोलनमा सहभागी कर्मचारीहरूले आउटसोर्सिङ प्रणाली लागू गरिए आफूहरूको सेवा समाप्त हुने र वर्षौँदेखि गरेको योगदानको कुनै मूल्यांकन नहुने बताएका छन्। उनीहरूले सेवाको सुनिश्चितता, रोजगारीको सुरक्षा तथा करार कर्मचारीप्रति न्यायोचित नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।

धर्नाका क्रममा प्रदर्शनकारीहरूले आउटसोर्सिङमार्फत कर्मचारी व्यवस्थापन गर्ने निर्णय तत्काल रोक्न, करार सेवामा कार्यरत कर्मचारीको भविष्य सुरक्षित गर्न तथा सरकारसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न माग गरेका छन्।

करार कर्मचारीहरूको आन्दोलनका कारण केही समय अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार क्षेत्रमा आवतजावत प्रभावित भएको थियो। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

Skip This