अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय


काठमाडौँ-मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य ५ निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए। 

यसैगरी, विपद्को समयमा नागरिकको जिउधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल उच्च बनाउन सरकारले विशेष निर्णय गरेको छ । अबदेखि विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने उनले बताए। 

यसैगरी खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि पनि बैठकले निर्णय गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरी देशको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मान पत्र प्रदान गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरिएको छ । उनलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएको पोखरेलले जानकारी दिए। 

मन्त्रिपरिषद्ले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूको समस्या समाधानका लागि यसअघि गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजाने गरी गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

– बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने ।

–सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने ।

–नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने ।

–अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने ।

Skip This